कञ्चनपुर । कञ्चनपुरको एक पसलमा लागुऔषध भेटिएपछि पसल सञ्चालक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ पुरानो बसपार्कस्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका शेर सिंह धामी पक्राउ परेका हुन् ।
उनको पसलमा लुकाई छिपाई राखिएको अवस्थामा १ सय २९ दशमलव ६७ ग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बता
ए ।
