दार्चुला । एक जना युवक माथी हसिया प्रहार भएको छ । सदरमुकाम खंलगामा गयराती व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङका सन्दिप भण्डारीमाथी हसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

हसिया प्रहार गर्ने महाकाली नगरपालिका –४ का १९ बर्षीय विजय निरौला रहेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पश्चात थप उपचार र सिटि स्क्यानका लागि भारतीय अस्पताल पठाइएको छ । हसिया प्रहार गरि फरार रहेका निरौलालाइ आज विहान जिल्ला सदरमुकाम खंलगाबाट नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय