दार्चुला । भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका वडा १ लक्सेरी नागुका धङ्के सिह डडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सनिवार बार दिउँसो जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने वर्ष ५३ का जय सिह डडालले चलाएको गोली लागेर ५५ वर्षिय धङ्के सिह डडालको ज्यान गएको हो ।
चोरी शिकारी गर्न निस्केका जय सिह डडालले वनमा भरुवा बन्दुक लगेर गएका बेला सोही बनमा धङ्के सिह डडाल पनि झाडीमा पासो थापिरहेका थिए । जया सिह डडालले करिव ५० मिटर टाडाबाट झुक्किएर गोली हान्दा पासो थापिरहेका धङ्के सिह डडालको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार आज विहान १० बजेतिर जया सिह डडालले गोली चलाएको बताइएको छ । धङ्केको टाउँकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।भरुवा बन्दुक चलाएका जया सिह डडालले गाउँपालिकाको वडा २ अन्तरर्गत पर्ने दल्लेख प्रहरी चौकीमा गल्ती स्वीकार गर्दै प्रहरी समक्ष आत्मसमर्पण गरेको र प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
मृत्तक धङ्के डडालको शव बनमै रहेको छ । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहको कमाण्डमा टोली घटनास्थलमा गएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
