दार्चुला । दार्चुलामा भाबी सन्तती र समृद्धिका लागी बृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवस २०८१ को अवसरमा डिभिजन वन कार्यालय दार्चुलाले आज विहानै २५० वटा बिरुवा रोपेको हो । राष्ट्रिय बृक्षारोपण दिवसको नारालाई सार्थक बनाउने उद्देश्यका साथ बृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका कार्यालय प्रमुख परमानन्द कुँवरले जानकारी दिए ।

राष्ट्रिय बृक्षारोपण दिवस २०८१ को अवसरमा संघीय सरकार वन तथा भु–संरक्षण विभागबाट भएको परिपत्र अनुसार असार १४ गते बृक्षारोपण गरिएको उनले वताए । दिवसको अवसरमा महाकाली नगरपालिका–५ स्थित च्युरामेला सडे सामुदायिक वनमा बृक्षारोपण गरिएको छ ।
उक्त वनमा तेजपात, रिठा, बकाइनो, बाज, चिउरी र टिमुरका बिरुवाहरु रोपिएको कार्यालय प्रमुख कुँवरले बताए । डिभिजन वन कार्यालय परिसरको नरसरीबाट बिरुवा लगेर बृक्षारोपण गरिएको हो । महाकाली नगरपालिका–५ का वडा अध्यक्ष दिलेन्द्र प्रसाद अवस्थीको प्रमुख आतिथ्यततामा बृक्षारोपण कार्यक्रम गरिएको थियो ।

