काठमाडौं- ‘कर्मै खोटो छ’ बोलको दोहोरी गीत सार्वजनिक आज सार्वजनिक भएको छ । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका धामीगाउँमा जन्मनुभएबका नव गायक भानसिंह धामीको पहिलो दोहोरी गीत सार्वजनिक हुने हो ।
धामी आफैले लय तथा शब्द संकलन गरेको यस गीतमा चर्चित गायिका अमरिता राईमाझीले स्वरमा साथ दिएकी छिन् भने संयोजकमा बिनय कार्कि रहेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतार चढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्ततु गरिएको गायक तथा सर्जक धामीको भनाई छ ।
खासगरी मानिसहरुले आफुले काम गर्न नसक्दा पनि कर्मकलाई दोष देखाउनेहरुलाई सुल्झाउन खोजिएको पनि गायक तथा सर्जक धामीको भनाई छ ।
बिषेशगरी सुदूरपश्चिम तिरका गायकहरुले पहिलो प्रस्तुती देउडा निकाले पनि नव गायक धामीले भने दोहारी गीतबाट आफ्नो गायन यात्रा सुर्वात गरेको बताए ।
