दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीकी अन्दाजी ३८ वर्षीया सरिता साउँदको भीरबाट लडेर मृत्यु भएको हो । आइतवार दिउँसोतिर घाँस काट्ने क्रममा कालीचिउरी भन्ने भीरबाट लडेर साउँदको मृत्यु भएको स्थानीय चन्द्र सिंह साउँदले जानकारी दिए । साउँदका २ छोरा, ३ छोरी र श्रीमान रहेका छन् । यसैबिच दार्चुलाका एक पुरुष धनगढीबाट बेपत्ता बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीबाट दार्चुलाको लेकम गाउँपालिका–४ पौतोली घर भएका ५५ वर्षीय मानबहादुर पाल बेपत्ता भएका हुन् । पाल साउन ५ गते बिहानदेखि बेपत्ता भएको बताइएको छ । गहुँ गोरो वर्ण भएका अन्दाजी ५ फिट ११ इन्च उचाई भएका पाल निलो क्याप, कालो भेष्ट र निलो पैजामा लगाएर रिचार्ज कार्ड किन्ने भन्दै घरबाट निस्केको र त्यसपछि नफर्केको आफन्तले बताएका छन् । कपाल र दाडी सेतो भएका मानसिक समस्या समेत भएका पाललाई देख्नुुहुने जो कोहीले पनि नजिकको प्रहरी चौकी अर्थात मोबाइल नम्बर ९८६८७०९३८८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
