दार्चुला-जिल्लामा ५ लाख बढीको भन्सार छलीको सामग्री बरामद गरिएको छ । जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्गरु स्थित महाकाली नदी किनारबाट ५ लाख ८२ हजार २ सय मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छली ल्याएका मिश्री, गुड, नरिवल, बिस्कुट, सलाई, बेसार, धुलो खुर्सानी, झोला, त्रिपाल लगायतका सामान प्रहरी चौकी सितापुल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
