दार्चुला-दिनानुदिन डेंगु संक्रमितका बिरामीको संख्या बढ्न थालेपछि दार्चुलामा डेंगुका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको समन्वय र महाकाली नगरपालिकाको आयोजनामा शुक्रवारबाट डेंगुका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो ।

   डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि जिल्ला सदरमुकाम खलंगा बजार र ग्रामिण क्षेत्रका घरघरमा पुगेर डेंगुका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय सिंह फर्सवानले जानकारी दिनुभयो ।

   उनका अनुसार यो अभियान २० गतेसम्म सञ्चालन गरिनेछ । जसका लागि स्वास्थ्यकर्मीसहितको सहभागिता हुने गरी ८ समूहमा टोली परिचालन गरिएको छ । उक्त टोलीमा स्वास्थ्यकर्मी, स्वयमसेविका, शिक्षक, सञ्चारकर्मीहरु सम्मलित छन् । दार्चुलामा चालू आर्थिक वर्षको हालसम्म १५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्ला अस्पताल दार्चुलामा ज्वरोका बिरामीको चाप बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय