बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशीलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेर स्थानीयलाई त्रसित पार्ने उक्त घटना शुक्रबार राति ८ बजेको समयमा घटेको हो।

स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले दुवै जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो। प्रहरीले दुवै जनाविरुद्ध हातहतियार र खरखजाना कसुरमा अनुसन्धान शुरु गरेको छ। आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थपिएको छ। प्रहरी निरीक्षक बलराम पाण्डेले घटना बारे थप अनुसन्धान भइरहेकोबताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय