डडेल्धुरा — परशुराम नगरपालिका–९ को दैजी–जोगबुढा सडकखण्डअन्तर्गत लिप्ना भन्ने स्थानमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ।
मंगलबार दिउँसो महेन्द्रनगरबाट सलेता जाँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि उनीहरूलाई धनगढी पठाइएको छ।
दुर्घटनामा मृत्यु भएका दुवै जना महिला रहेको प्रहरीले जनाएको छ, तर उनीहरूको पहिचान खुलेको छैन। घाइतेहरूको पहिचान पनि अझै खुल्न बाँकी छ।
