बैतडी— बैतडीको मेलौली नगरपालिका वडा नं. ७ का २४ वर्षीय रोशन सिंह रावतलाई १३ वर्षीय बालिकामाथि जबरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा आइतबार उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय