दार्चुला — दार्चुलाको मालिकार्जुन गाउँपालिका–२, सन्नीखोलामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार अन्दाजी ६० वर्षीय ती पुरुष बिहीबार बिहान मृत फेला परेका हुन्।
शवको पहिचान खुल्न बाँकी रहेको र नाम, थर तथा ठेगाना पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।
