दार्चुला। दुहुँ गाउँपालिका-५, पासुका ५१ वर्षीय जिप चालक करन सिंह महराको मृत्यु भएको छ।

आइतबार साँझ ५ बजेतिर खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको जिपका चालक महरा दुहुँ गाउँपालिका-३, राताकाठा नजिक जिप रोकेर पानी पिउँदै गर्दा एक्कासि बेहोस भएका थिए।

बेहोस भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल खलंगामा लगिएको थियो। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

महराको मृत्युको कारण हृदयघात भएको अनुमान गरिएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा राखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय