दार्चुला: दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका-३ बसेडीकी २२ वर्षीय जयन्ती धामी पुष २ गते घास काट्न गएका बेला बेपत्ता भएकी छन्। श्रीमान् र दुई सन्तान छोडेर गएकी जयन्तीलाई खोज्न परिवार र प्रहरीले प्रयास गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार खोजी कार्य जारी छ भने भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ। परिवारले जयन्तीलाई भेटेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेकोछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय