दार्चुला: दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ४, देवधुरामा ४० वर्षीय भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेका बेला पसल सञ्चालक धामीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीका अनुसार शंकरपुर प्रहरी चौकीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ घर भएका ४० वर्षीय भुवन सिंह धामीसहित इन्द्र सिंह धामी, भवान सिंह धामी, मिन सिंह धामी, गगन सिंह धामी, र किसन सिंह धामी रहेका छन्।

त्यस्तै, वडा नम्बर ३ का उत्तर सिंह धामी, मान सिंह धामी र वडा नम्बर ८ का गम्भीर सिंह धामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूको साथबाट नगद १ लाख १३ हजार ७ सय ७५ र २ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय