धनगढी- नव गायक बालकेश थापा, देवन्द्र धामी र गौरी भट्टको स्वरमा सजिएको “टल्किन्या हिराको“ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। नेपाली देउडाकोे क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका बालकेश थापाले यो गीतमा आफ्नै मौलिक शैली प्रस्तुत गरेका छन्।

“टल्किन्या हिराको“ गीतमा बालकेश थापाले यसलाई संगीतबद्ध गरेका छन् । गीतको एरेन्ज धर्म राज भट्टराईले गरेका छन्। विशेषगरी सुदूरपश्चिम तथा पहाडी भेगका मौलिक संस्कृति झल्काउने यो गीतले स्थानीय संगीत र परम्परालाई जगेर्ना गर्ने प्रयास गरेको छ। गीतको भिडियो भिम बिष्ट (अछामी रेखा) को निर्देशनमा तयार भएको छ। भिडियोमा बालकेश थापा र अनु खड्काको दमदार अभिनय देख्न सकिन्छ। पोस्टरमा नै अनु खड्काको भावनात्मक अभिव्यक्तिले दर्शकलाई गीतप्रति झन् उत्साहित बनाएको छ भने बालकेश थापा स्टाइलिस लुक्समा देखिएका छन्। भिडियोमा सुदूरपश्चिमको मौलिकता झल्कने पहिरन, दृश्य, र संस्कृतिलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

गीतको नाम “टल्किन्या हिराको“ नै विशेष अर्थ बोकेको छ। टल्किन्या अर्थात् झल्किने, चम्कने हिरालाई सन्दर्भ बनाएर प्रेमभाव व्यक्त गरिएको गीतले दर्शकलाई भावनात्मक रूपमा जोड्नेछ। साथै, गीतमा देखाइएको लोकसंस्कृति र मौलिकता प्रवद्र्धन गर्ने प्रयास गरिएको छ। सार्वजनिक भए लगत्तै गीतले दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा गीतको भिडियो भाइरल भइरहेकाले यसले छोटो समयमा नै राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ। पोस्टर हेर्दा नै यसले गीतको भाव व्यक्त गरिरहेको देखिन्छ, जसले गर्दा दर्शकलाई भिडियो हेर्न प्रेरित गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय