दार्चुला: दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–१ पिपलचोरी बस्ने ९ वर्षिया बालिका सुशान्ति भट्टको उपचारका लागि रु. २,०७,००४ (दुई लाख सात हजार चार रुपैयाँ) सहयोग संकलन भएको छ।

बालिका भट्ट अण्डासयमा ट्युमर पलाएपछि अपरेसनका लागि बालकान्ति हस्पिटलमा उपचाररत छिन्। सुशान्तिका बुबा रमेश भट्टले गतिशील न्यूजका प्रमुख हरि प्रसाद जोशीलाई सम्पर्क गरी आफूसँग भएको सम्पत्ति दार्चुला, पिथौरागढ, धनगढी, नेपालगंज हुँदै काठमाडौँसम्म पुग्दा सक्किएको भनी भावुक भएपछि सुशान्ति भट्टको उपचारका लागि अभियान थालिएको प्रमुख हरि प्रसाद जोशीले बताए।

सुशान्तिका बुबा रमेश भट्टको e-sewa QR र बैंक खाता QR राखी अभियान थालनी गरिएको जोशीले बताए।

आज फागुन ८ गतेसम्म विभिन्न ठाउँबाट सुशान्तिको उपचारका लागि भनी इसेवा र बैंक खातामा रु. २,०७,००४ (दुई लाख सात हजार चार रुपैयाँ) जम्मा भइसकेको बिरामी भट्टका बुबा रमेश भट्टले जानकारी दिएका छन्।

अपरेसनका लागि करिब ४ लाखको आवश्यकता पर्न जान्छ। “आफूसँग १ रुपैयाँ पनि थिएन, गतिशील न्यूजका प्रमुख हरि प्रसाद जोशीले मेरो सारथी बन्नुभयो, मलाई कुनैपनि आइडिया थिएन, सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद,” भट्टले सहयोगीहरू प्रति धन्यवाद प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय