बैतडी: जिल्लाको मेलौली नगरपालिका–३ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे कोला खोलाको जंगलमा बाख्रा चराउन गएका ३८ वर्षीय गणेशसिंह भाटलाई बाघले आक्रमण गरेको हो।

बाघको हमला भएपछि भाटले आफूसँग रहेको हँसिया प्रयोग गरी प्रतिकार गर्दै ज्यान जोगाएका थिए। घटनापछि घाइते भाटलाई तत्काल प्राथमिक उपचार गराई थप उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

बाघको आक्रमणपछिको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय