दार्चुला: प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। अध्यक्षमा केशव जोशी (आकाश) निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा कर्ण चन्द चयन हुनुभएको छ।
महिला उपाध्यक्षको जिम्मेवारी जानकी धामीले सम्हाल्ने भएकी छन्। स. उपाध्यक्षमा मुकेश टर्रा (चौधरी) चयन हुनु भएको छ। महासचिवमा तेज राज भट्ट, सचिवहरूमा सुभास कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना, र पदम सुनार निर्वाचित भएका छन्।
कोषाध्यक्षको रूपमा दिपक राज अवस्थी चयन हुनु भएको छ भने सदस्यहरूमा पुस्कर राज भट्ट, महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी, र होम योगी निर्वाचित भएका छन्।
