दार्चुला: दार्चुला, महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिरो खसेपछि खलंगा–गोकुलेश्वर सडक अवरुद्ध भएको छ।
हालै मात्र मर्मत सम्पन्न गरिएको उक्त क्षेत्रमा बिहान ७ बजे पहिरो खसेपछि महाकाली लोकमार्ग अन्तर्गतको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए।
सडक अवरुद्ध हुँदा तराईबाट जिल्ला सदरमुकाम आउँदै गरेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परेकाछन्।
