दार्चुला: दार्चुलाको लेकम गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकताको प्रतिलिपि वितरण र राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १२ गतेदेखि १७ गतेसम्म स्थानीय तहको समन्वयमा सेवा सञ्चालन गरेको हो।

जेष्ठ नागरिक, अशक्त, असहाय तथा एकल महिला/पुरुषलाई लक्षित गर्दै गाउँमै सेवा पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मोहन सिंह धामीले जानकारी दिए। उनका अनुसार ६ दिनसम्म सञ्चालन भएको सेवामा ५९ पुरुष र ८२ महिला गरी १४१ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ७२ पुरुष र १२५ महिला गरी १९७ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको छ।

लेकमका सबै ६ वटै वडाका सेवाग्राहीलाई समेटेर गाउँमै सेवा प्रदान गरिएको थियो। सेवा प्रवाहमा सहायक प्रजिअ धामीसहित नागरिकता शाखाका कम्प्युटर अपरेटर राम बहादुर गुरुङ, राष्ट्रिय परिचयपत्र शाखाका अशोक भट्ट, सहयोगी हरिश प्रसाद जोशी र महेश भट्ट सहभागी थिए।

यसअघि व्याँस गाउँपालिकामा पनि यस्तै घुम्ती सेवा सञ्चालन गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय