बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द पार्टीबाट निष्काशित भएकी छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा विजय भएकी चन्दलाई मगंलवार पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको हो । पार्टीले एक बिज्ञप्ती जारी गर्दे उनलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । पार्टीको निर्देशन बमोजिम पदिय आचरण र भुमिका निर्बाह नगरेको, पार्टीको निर्देशन बेवास्ता गरेको भन्दै चन्दलाई एमालेको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको नेकपा एमाले जिल्ला कमिटिका सचिव चक्र कार्कीले जानकारी दिनुभएको छ ।

