बैतडी । बैतडीमा सत्ता गठबन्धन दलहरुले चुनावी तालमेल गर्ने भनेपनि एक्लाएक्लै उम्मेद्वारी घोषणा गर्न थालेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेद्वारको घोषणा गर्न लागेका हुन् ।
बैतडीको सिगास गाउँपालिकामा माओवादी केन्द्रले रामसिंह साउँद (रोसन)लाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र सिगास गाउँपालिका कमिटिको सोमबार बसेको बैठकले साउँदलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

गाउँपालिका कमिटि अध्यक्ष प्रकाशसिंह साउँदको अध्यक्षतामा बसेको बैठकले साउँदलाई उम्मेद्वार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र सिगासले जनाएको छ ।
साभारः सगुन खबर
