दार्चुला भाद्र ५ । जिल्लाको नौगाड गाउँपालिका–४ पानीडाडा स्थित सडकबाट २ सय मिटर तल खसेको मोटरसाइकल पुर्णरुपमा क्षति भएको छ । शनिबार पानीडाडाकै ४२ वर्षिय बहादुर सिंह धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर भिरमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक पुष्कर सिंह ऐरीले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र होपरीगाडबाट सिप्टी जादै गरेको लु ६९ प ३०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर खसेको जानकारीमा आएको उहाले बताउनुभयो ।
मोटरसाइकल चालक बहादुर सिंह धामी सडकमै खसेका कारण कुनै चोटपटक नलागेको उहाले बताउनुभयो । यसैबिच महाकाली नगरपालिका वडा नं ९ बेत खोलामा शुक्रबार राती ८ बजेतिर मिनिटाटा ट्रक दुर्घटनामा परेको उहाले बताउनुभयो । उक्त दुर्घटनामा पनि मानविय क्षति नभएको बताइएको छ । ट्रकको अगाडीको भागमा केहि क्षती पुगेको उहाले बताउनुभयो । महाकाली नगरपालिका–९ चुच्चैबाट ग्यास सिलेण्डर बोकेर गोकुलेश्वर तर्फ जादै गरेको से १ ख १०५६ नम्बरको मिनिटाटा ट्रक राती बेत खोलामा सडकबाट २० मिटर तल खसेको बताइएको छ । दुर्घटना ग्रस्त ट्रक कसले चलाइरहेको थियो भन्ने बारे अहिले सम्म केहि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय