धनगढी । बालुवाटारमा जारी सत्ता साझेदार १० दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा र मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन बुधबार बिहान भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । भागबण्डा टुग्याएर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। तर अझै भागबण्डामा सहमती जुटेको छैन्।
मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।
बैठकमा सहमति जुट्न नसकेपछि बेलुका ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।
