दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा एक बृद्धको कंकाल भेटिएको छ । वडा नम्बर ४ पोक्से दोरजेर बस्ने वर्ष ७५ का धन सिह लोथ्यालको कंकाल फेला परेको हो ।
शुक्रबार विहान स्थानीयहरुले लोथ्यालको कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कंकाल भेटिएका लोथ्याल घर भन्दा करिब ३ किलोमिटर पर दुहुँ गाउँपालिका वडा नम्बर ४ कै गर्खा विन्ना जोशी ओडार नजिक जंगलमा फेला परेको हो । स्थानीयहरुले कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए । उक्त कंकाल धन सिह लोथ्यालकै भएको प्रहरीले जनाएको छ ।
उनले लगाएको कपडाका आधारमा कंकला लोथ्यालकै भएको प्रहरीले जनाएको छ ।
उनी घरबाट गत जेठ महिना देखि सम्पर्क विहिन भएको परिवारीक स्रोतले जनाएको छ । उनको विगत लामो समय देखि मानसिक सन्तुलन विग्रेको थियो ।
गत जेठ महिनामा परिवार लाई खवरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा आएका थिएनन् ।घटनाको बारेमा जानकारी प्राप्त भएपछि अपराध अनुसन्धानको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।