बैतडी: बैतडीको दोगडा केदार गाउँपालिका वार्ड नं १ रिममा एउटा पुरानो पसल छ। पसल बाहिर भेटिनुहुन्छ गमक्क दाह्री पालेका र एकदम मुसुक्क मुस्कुराइरहने एक व्यक्ति उहाँ हुनुहुन्छ कृष्ण दत्त जोशी, उर्फ (वानटन)।

उहाँको वास्तविक नाम कृष्णदत्त जोशी भएपनि उहाँलाई दोगडा केदार गाउँपालिका वार्ड नं १ बासीले वानटन भनेर नै चिन्ने गरेका छन्। उहाँलाई देख्ने हर कसैले उहाँलाई एक सम्पन्न व्यक्ति देख्नुहुन्छ तर कृष्णदत्त भन्छन् लामो समयको प्रतीक्षाको फल अहिले भेटाइरहेको छु।

उहाँ भन्नुहुन्छ २०५७ साल देखि २०८० सालसम्म आउँदा विभिन्न कठिनाइहरू विभिन्न दुःखहरू र लामो संघर्षपछि मात्रै आज यो अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो भारी बोक्दा बोक्दै कृष्णदत्त जोशीको उपनाम वानटन रहन गएको र अहिले त्यही नामले आफू चिनिएको जनाए।

संकटकाल चलिरहेकै बेला २०५७ साल फागुन महिना ७ गते शिवरात्रीको अवसर पारेर आफूले ज्याला मजदुरी गरेर सङ्कलन गरेको १८०० बाट सुरु गरेको व्यवसाय अहिले यहाँसम्म आएको उनको भनाइ रहेको छ। विभिन्न परिस्थिति र खुट्किलाहरू पार गर्दै आज यहाँसम्म आएको र सङ्घर्ष गरेपछि अवश्य फल पाइन्छ भन्ने बुझेको उहाँ बताउनुहुन्छ। साथै उहाँले भन्नुभयो सबैसँग मिठो बोल्नुस् सबैसँग राम्रो व्यवहार गर्नुस् अवश्य सफल भइने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय