धनगढी: शिवरात्रीको अवसर पारेर धनगढी जगेडा युवाहरूले तोप्स शम्भो नामक गीत सार्वजनिक गरेका छन्। अमित, ई एक्स टि,मञ्जु र 12:50 को स्वर रहेको गीतमा म्युजिक पनि उनीहरूकै रहेको छ । धनगढीमै रेकर्डिङ भएको उक्त गीतमा हालको अवस्थालाई दुरुस्तै देखाउन खोजिएको छ। युवाहरूको रोजाई अनुसारकै गीत रहेको गीतका सर्जक अमितले बताए। उनले भने हाल बजारमा कस्तो गीतले प्रभाव जमाउँछ र युवाहरुले कस्तो रुचाउँछन् त्यही अनुसारको गीत आफूले बजारमा ल्याएको उनले बताए।
सो गीतमा अभिनय पनि अमित, इ एक्स टी , मञ्जु र 12:50 कै रहेको छ। उक्त गीत धनगढी रेकर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यस्तै दर्सक हरुको माया ममता पाएमा आगामी दिनमा पनि निरन्तर गीतसंगीतमै आउने सर्जक अमितले बताए