 
							बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी अन्दाजी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।
दिउसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर घटनास्थलमै मृत्यु भएकी किशोरीको घटनास्थलबाट शव घर ल्याउने काम भइरहेको स्थानीय भानदेब बिष्टले जानकारी दिएका छन् ।
उनी श्रीपन्चदेव माध्यमिक बिद्यालय रिममा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी हुन् ।

 
										 
										 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								