बैतडी: बैतडीको दोगडाकेदार गाउपालिका यती बेला एक जनां किशोरीको आत्मा हत्याको घटनांले स्तब्ध छ १७ वर्षीय युवतीले घर नजिकैको जङ्गलमां झुन्डिएर आत्महत्या गरेको कारणिक फोटाहरु सामाजिक संजालमा छ्यापछ्याप्ती छन्। तर उनको आत्महत्याको कहानी भने लामो रहेको रहेछ। उनी विगत केही समयदेखि एकजना युवकसँग प्रेम सम्बन्धमा रहेछन् उनले युवक सितको प्रेम सम्बन्ध आफ्ना केही साथीहरुसँग खुलाएकी रहेछन् र उनीहरुको फेसबुक अकाउन्ट पनि एक अर्कासँग सेयर भइसकेको रहेछ।
केही दिन अगाडि ती युवकले समाजिक सञ्जाल फेसबुकको मेसेन्जरमा युवतीसँग भिडियो कलमा गोप्य अङ्ग देखाउन भनेका रहेछन्। र युवतीले पनि आफ्नै प्रेमी हो भन्दै प्रेमीले भनेको सबै कुरा स्वीकार गरेको देखिन्छ । तर उनकै प्रेमीले उनीमाथि विश्वासघात गरेको देखिएको छ। उनका प्रेमीले मेसेन्जरमा बोल्दै गरेको भिडियो बनाई आफ्ना साथीहरु लगायत फेसबुकमा पोस्ट गरेको देखिएको छ ।
कक्षा ११ मां पढ्दै गरेको किशोरीलाई माया जालमा पारी किशोरीको भावनासँग खेल्दै जबरजस्ती भिडियो कलमा गोप्य अङ्ग देखाउन लगाएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो। आफ्नो यौन प्रयास मेटाउन जबरजस्ती युवतीलाई नङ्गिन लगाएको र युवतीले पनि आफ्नो प्रेमी र प्रेम सम्बन्ध जोगाउन भनेअनुसार नंगिदै गरेको भिडियो सामाजिक सञ्जालमा लिक भएको थियो।
समाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि युवतीले आत्महत्याको बाटो रोजिन्। घटनामा निष्पक्ष रूपमा छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने किशोरीका दाइ मिलन भाटको माग रहेको छ। यो बारेमा गोप्य रुपमा छानबिन भइरहेकोले सबै विवरण खोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।