अंकित कुँवर दार्चुला । नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता एवं शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ ।
दार्चुलाको धाप गा.बि.स वडा नं. ९ पौनेखोला (साबिक) हालको महाकाली नगरपालिका वडा नं.६ मा जन्मनुभएका होनहार युवा जवराज जोशी उद्ममि, मेहिनेती, ब्यवसायी सामाजिक कार्य गर्दे आएका छन् । उनी महाकाली पशुपन्छि पालन फर्म र ओखर खेती संचालन गर्दे आएका छन् । अब तरकारी खेती समेत गर्ने तयारीमा लागेका छन् । उनी दार्चुलाबाट कृषक भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट २५ हजार नगद र प्रमाणपत्र सहित सम्मानित भएका थिए । गाई पालन गरेका नवराज जोशी ले दार्चुला को महाकाली नगरपालिका ५ किम्तडि मा जल्लाभरिकै उत्कृष्ठ आधुनिक गाई फर्म खोलेका छन । उनले एक दर्जन जर्सि र हलिष्टिन जातका गाई पालेका छन ।
युवा नवराज भन्छन्— सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व लिनैपर्छ । जनताका समस्याहरु धेरै छन् । जनप्रतिनिधि जनता बाट नै निर्वाचित हुने भएकाले पहिलो प्रथमिकतामा जन बिकास हुनु आवश्यक छ । हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? युवाको क्षेत्रमा एक किसिमको बहस चलेको छ । कोरोना महामारी र लामो समयको लकडाउनपछि स्वदेश फर्कने युवाहरूको संख्या पनि बढ्दै छ भने तिनको आक्रोश सडकमा देखिन थालेको छ । यसले नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्थामा फेरि एक पटक परिवर्तनको संकेत गरेको छ ।
राजनीतिमा युवा सहभागिता र नेतृत्व फरक कुरा हो । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएको युवा जमात निकै कम छ । देशमा नायक होइन, कार्यकर्ता मात्र जन्मिए । राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पंक्ति छैन । युवा नेताहरू पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन् । राजनीतिमा रचनात्मक बहस शून्यप्रायः छ ।
हामीकहाँ तीन किसिमको युवा जमात छ । एक– यो किसिमको युवा, जो दैनिक गुजारा र परिवारको भरणपोषणकै लागि काममा व्यस्त छ । दोस्रो– मध्यमार्गी युवा, जो कोही अवसरको खोजीमा विदेसिएका छन् त कोही देशमै सम्भावनाको खोजी गर्दै छन् । तेस्रो– उच्च वर्गीय केही युवा, कि ठूला बिजनेसमा सहभागी छन् कि विदेश पलायन भएका छन् । अब एक पटक सबै राजनीतिक पार्टीमा रहेका एवं स्वतन्त्र युवाहरू मिलेर वैकल्पिक नयाँ राजनीतिक धारको नेतृत्व गर्ने बेला आएको छ ।
युवाहरूको सहभागिताले राजनीतिलाई सही दिशा निर्देशन गर्न टेवा पु¥याउँछ । युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् भन्ने हेक्का राख्नुपर्छ । राजनीतिक दलले युवाहरूलाई परिचालन मात्र होइन, तिनलाई उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्दछ । जनसंख्याको आधारमा राज्यका हरेक तहमा युवाहरूको प्रतिनिधित्व र पहुँच सुनिश्चितताका लागि खबरदारी आवश्यक छ ।
मधेसी, पहाडी, दलित जनजाति आदिको नाममा युवाहरूलाई विभाजन मात्र गरियो । विविधतामा एकता भनेजस्तै भूगोलको विविधताले जोडेको हाम्रो देशलाई भावनात्मक एकताले जोड्न सकेन । युवालाई विभिन्न वाद र विचारमा विभक्त गरी नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरिरहे अब यस्तो नभई देश युवाहरुलाई दिई समतामुलक समाज निर्माण गर्नेपर्छ ।
