काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन सिट बाँडफाँटमा केहिले आफ्नो शक्तिको अति मूल्याकंन गरेको गुनासो गरेका छन्। सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूलाई ठूलो ठानेको नेपालको गुनासो छ। महानगर र उपमहानगरपालिकाको भागवण्डामा कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीमाथि आफ्नो हैसियतभन्दा ज्यादा दाबी गरेको बताइरहेका छन्।
पोखरामा समाजवादीको संगठन र जनाधार कमजोर रहेको भन्दै पौडेलले कांग्रेसले नै राख्नुपर्ने अडान लिएका छन्। उनले हैसियत र दायित्व बुझेर अघि बढ्न भनेका छन्। त्यस्तै प्रचण्डले उपमहानगरमा एकीकृत समाजवादीले बढी सिट माग्दा सहमति जुट्न नसकेको पार्टीमा ब्रिफिङ गरेका छन्। उनले समाजवादीले आफूलाई एमालेजस्तै ठानेकोसम्म भन्न भ्याएका छन्। यसतर्फ संकेत गर्दै अध्यक्ष नेपालले केही शक्तिले आफ्नो अति मूल्याकंन गरेको बताएका हुन्।
स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मेका हैनौं। आफ्नो शक्तिको अति मूल्याकंन गर्नु हुँदैन। केहि शक्तिले आफ्नो अति मूल्याकंन गरेका छन्।’ सिट बाँडफाँटबारे छलफल भइरहेको भन्दै अध्यक्ष नेपालले चुनावमा पाँच दल मिलेर जाने बताए। सहमति नभए मित्रवत् प्रतिष्पर्धा हुने उनको भनाइ छ। नेपालले भने, ‘समाजवाद र पुँजीबादबीच टक्कर परिरहेको छ। नाम कम्युस्टि, काम पुँजीवादी भयो भने तिनीहरुले कम्युनिस्टको जगेर्ना गर्न सक्दैनन्।’ एमालेमा व्यक्तिवाद हावी भएको उनले आरोप लगाए। वामपन्थी पार्टीहरुसंग एकता गर्दै अघि बढ्ने उनको भनाइ छ। अन्नपुर्ण
