दार्चुला । बैशाख ३० गते हुन गइरहेको स्थानिय निर्वाचनका लागि दार्चुलामा सत्ता गठवन्धनका दलहरु बिच भागबण्डामा सहमति भएको छ । लामो समयको छलफल र बार्ता पछि नेकपा माओबादी र नेपाली काँग्रेस बिच चुनाबी तालमेल गर्ने सहमती भएको नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य करबिर बहादुर कार्कीले जानकारी दिए ।

यसअघिको निरन्तर बार्तामा स्थानिय तहमा भागबण्डा नमिलेपछि सहमति हुन नसकेको बताईएको छ । मंगलबार राति भएको भागबण्डा सहमतिमा नेपाली काँग्रेसले ५ स्थानिय तहमा प्रमुख र माओबादी केन्द्रले ४ स्थानिय तहमा प्रमुख पाउने भएका छन । उपप्रमुख नेपाली काँग्रेसले ७ पाउने छ भने माओबादीले २ मात्रै पाउने भएको छ ।

जिल्लाको अपीहिमाल गाउँपालिकामा नेपाली काँग्रेसले उपाध्यक्ष सहित ३ वडा र माओबादीले अध्यक्ष सहित ३ वडामा सहमति जुटेको छ । त्यस्तै मार्मा गाउँपालिकामा अध्यक्ष सहित माओबादीले ४ वटा वडा पाउने भएको छ भने उपाध्यक्ष सहित २ वडामा काँग्रेसले चित्त बुझाएको छ । नौगाडमा नेपाली काँग्रेसले ४ वडा सहित उपाध्यक्ष र माओबादीले अध्यक्ष सहित २ वडा पाउनेमा सहमति जुटेको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा माओबादी २ वडा अध्यक्ष बाहेक अरु कुनै पद दिईएको छैन । लेकम गाउँपालिकामा माओबादीले १ अध्यक्षमा चित्त बुझाएको छ भने काँग्रेसले ६ वडा सहति उपाध्यक्ष पाउने भएको छ । मालिकार्जुन गाउँपालिका उपाध्क्ष सहित २ वडा माओबादीले पाएको छ भने अध्यक्ष सहित ६ वडा नेपाली काँग्रेसले पाएको छ । महाकाली नगरपालिकामा १ वडा अध्यक्ष बाहेक माओबादीलाई अन्य पद दिईएको छैन । काँग्रेसले प्रमुख उपप्रमुख सहित ८ वडा लिने भएको छ ।

त्यस्तै दुहुँ गाउँपालिकामा १ वडा अध्यक्ष बाहेक अन्य कुनै ठाउँ पाएको छैन । नेपाली काँग्रेसले अध्यक्ष, उपाध्यक्ष सहित ४ वडामा नेतृत्व गर्ने भएको छ । ब्याँस गाउँपालिकामा १ वडा अध्यक्ष र १ उपाध्यक्ष माओबादीको भागमा परेको छन भने बाकी सबै नेपाली काँग्रेसको भागमा परेको छन । एकिकृत समाजबादीले भने कुनै ठाउँमा केहि पनि पद पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय