दार्चुला । दार्चुलामा सत्ता गठबन्धमा नेकपा (एकीकृत समाजबादी) पाटी समेटिएको छैन । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख २ राजनीतिक दलहरु काँग्रेस र माओबादीले पालिका बाँडफाँड गरेको छ ।
गठबन्धनको तेस्रो ठूलो दलसमेत रहेको एकीकृत समाजवादीलाई जिल्लामा नसमेटेर नै पालिका बाँडफाँड भएको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ३ पालिकाको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ भने ४ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गर्ने भएको छ ।
माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ।

माओवादीले मालिकार्जुन र व्याँस गाउँपालिकाको उपाध्यक्ष र कांग्रेसले अपिहिमाल, मार्मा, लेकम, दुहुँ र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली र शैल्यशिखर नगरपालिकाको उपप्रमुख पाउनेछ। नेपाली काँग्रेसले जिल्लाका ४५ बढी वडा र माओवादीले १५ वडा पाउने खाका बनाइएको काँग्रेस एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय