दार्चुला । नेकपा एमाले व्यास गाउँपालिका कमिटिले अध्यक्षमा मंगल सिह धामीलाई सर्बसमत रुपमा चयन गरेको छ । वीहिबार बसेको एमाले पालिका कमिटिले अध्यक्ष पदमा मंगलसिंह धामी र उपाध्यक्ष पदमा चन्दा कुवँरलाई उम्मेदवार बनाउने सहमति भएको नेकपा एमाले ब्याँस गाउँपालिका कमिटिले जनाएको छ ।

अध्यक्ष पदका उम्मेदवार धामी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट व्याँस गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष वन्नु भएको थियो । नेपाली काँग्रेसको १४ औँ महाधिबेशनमा ब्याँस गाउँपालिका सभापतिमा पराजित भएपछि उनले नेकपा एमाले पाटी प्रबेश गर्नु भएको थियो । नेपाली काँग्रेसको महाधिबेशनमा नरेन्द्र भट्ट र मंगलसिह धामी बिच पालिका सभापतिका लागि चुनाव भएको थियो ।

जसमा धामीले ३८ मतको अन्तरले पराजय भोक्नु परेको थियो । पराजीत भएपछि उनले नेकपा एमाले पाटी प्रबेश गरेका थिए । प्रबेश गर्ने बित्तिकै नेकपा एमालेले उनीलाई व्यास गाउँकमिटी अध्यक्ष चयन गरेको थियो । त्यस्तै उपाध्यक्षका उम्मेदवार कुवँर नेकपा एमाले जिल्ला कमिटी उपसचिव हुन्न । दुबै जनालाई सहमतिमै उम्मेदवार चयन गरिएको र अब वडाहरुको समेत उम्मेदवारी सहमतिमै टुंग्याएर निर्वाचनमा होमिने तयारी रहेको एमालेले जनाएको छ ।
यसअघि गाउँपालिका अध्यक्ष पदमा मंगलसिंह धामीसंगै दिलिप डडाल, मोहन बिष्ट, भगत ऐतवाल लगायतले आकांक्षा राखेका थिए । छलफलपछि धामीलाई उम्मेदवार बनाउने र विजयी गराउन सबैले सहयोग गर्ने सहमति भएको बताइएको छ । व्यासमा गठवन्धनका दलहरुले हालसम्म उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । ६९ ३८ ६ मत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय