दार्चुला । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली काँग्रेसको तर्फबाट महाकाली नगरपालिका प्रमुखका उम्मेदवार हंसराज भट्टको चुनावी प्रचारप्रसार सुरु गरिएको छ । चुनावको मिति नजिकिएसँगै काँग्रेसले उम्मेदवारहरुको प्रचारप्रसार पनि तीव्र रुपमा गर्ने नेपाली काँग्रेस महाकाली नगरपालिका नगरकार्य समिति सभापति चन्द्र सिंह विष्टले जानकारी दिए । नगर प्रमुखमा हंसराज भट्टको उम्मेदवारी सर्वसम्मत भएपछि उहाँको प्रचार प्रसार गरिन थालिएको हो ।
शनिवारदेखि काँग्रेसका भातृसंस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरु प्रचारप्रसारमा लागेको काँगे्रसले जनाएको छ । उनीहरुले प्रचार प्रसारस्वरुप काँग्रेसको पक्षमा मतदान गर्न माइकिङ गरिरहेका छन् । तर उपमेयरमा सहमति जुट्न सकेको छैन् । सम्भवः आजै उपमेयरको उम्मेदवारको टुङ्गो लाग्ने काँग्रेसले जनाएको छ । यसैबीच स्थानीय तहनिर्वाचनका लागि भोली र पर्सी मनोनयन दर्ताको समय तोकिएको छ । महाकाली नगरपालिकामा नेपाली काँग्रेसले वैशाख १२ गते दिउँसो १ बजे देखि ३ बजेसम्म मनोनयन दर्ता गराउने जनाएको छ ।
