दार्चुला । महाकाली नगरपालिका प्रमुख हसराज भट्टले पदबाट राजीनामा दिनुभएको छ ।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि भट्टले राजीनामा गरेका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख भट्टलाई नै पुनः उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छ। पार्टीको निर्णय अनुसार नै पुनः महाकाली नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको भट्टले बताए। उनले राजीनामा नगर उपप्रमुख सुना बोहरालाई बुझाएका छन्।

बाहालवाला जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय