दार्चुला । आसन्न स्थानिय तह निर्वाचनका लागि जिल्लाका लागी आवश्यक पर्ने मतपत्रहरु जिल्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा रहेका ९ वटै स्थानिय तहका लागि ९९ सय हजार मतपत्र आईतवार जिल्ला पुगेका छन । जिल्लामा रहेका कुला ८८ हजार २ सय १५ जना मतदाताका लागि ९९ सय हजार मतपत्र आएका हुन्न ।
निर्वाचनका लागि आवश्यक पर्ने मतपेटीकाहरु यस अघि नै जिल्ला पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्र सँगै नयाँ मतदाता परिचय पत्र समेत जिल्ला पुगेका छन । जिल्ला भरी १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहेका छन ।
