दार्चुला । दार्चुलामा नेकपा एमालेबाट सदस्य पदका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । मार्मा गाउँपालिकामा एक जना र अपिहिमाल गाउँपालिकामा एक जना गरी निर्विरोध निर्वाचित भएका हुन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ३ का दलित महिला सदस्य शोभा टमटा निर्विरोध निर्वाचित भएकी छन् । त्यसैगरी जिल्लाको मार्मा गाउँपालिकाको वडा नम्बर ५ मा नेकपा एमालेका महिला वडा सदस्य पदका उम्मेदवार कमला महता निर्विरोध निर्वाचित भएको मार्मा गाउँपालिकाका निर्वाचन अधिकृत लबराज जोशीले जानकारी दिनुभयो । काँग्रेसका तर्फबाट हिरमती बोहराले मनोनयनको उम्मेदवारी फिर्ता लिएसँगै एमालेकी महता निविरोध निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय