दार्चुला । स्थानिय तह निर्वाचन २०७४ मा एमालेबाट वडा सदस्यका उम्मेदवार देवसिह बिष्ट सहित आधा दर्जन बढी एमाले कार्यकर्ताहरु नेपाली काँग्रेस प्रबेश भएका छन ।
आसन्न स्थानिय तह निर्वाचन २०७९ को लागि नेपाली काँग्रेस महाकाली नगरपालिकाले संचालन गरेको घरदैलो अभियानमा एमालेबाट वडा सदस्यका उम्मेदवार बिष्ट, युवा नेता धन सिह बिष्ट, मदन सिह धामी र चन्द्र बहादुर पालले नेकपा एमाले पाटी परित्याग गरि नेपाली काँग्रेस प्रबेश गरेका छन ।
सोमवार महाकाली नगरपालिकाको वडा नम्वर ८ बाट सुरु भएको रयाली धौकोट पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा एमाले नेताहरुले काँग्रेस प्रबेश गरेको नगरसभापति चन्द्र सिह बिष्टले जानकारी दिए ।
नव प्रबेसीहरुलाई महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंसराज भट्ट, वडा अध्यक्षका उम्मेदवार अन्तराम डाँट, नगर सभापति चन्द्र सिह बिष्ट लगायत काँग्रेस नेताहरुले पार्टीमा अविर लगाई स्वागत गरेका हुन्न ।
