जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद छलेर संविधानलाई अपदस्थ बनाउने खेलका नायकलाई परास्त गर्न आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्ध उठेका बागी उम्मेदवारलाई साधारण सदस्यताबाट नै कारबाही गर्ने चेतावनी दिँदै गठबन्धनको विरुद्धमा बोल्ने नेता कार्यकर्ताहरूलाई समेत कारबाही गर्ने बताउनुभयो । मधेशको नागरिकता समस्यालाई गठबन्धनकै जोडबलमा समाधान गरिने भन्दै उहाँले नागरिकताविहीन नेपालीलाई नागरिकता गठबन्धन दलले नै प्रदान गर्ने बताउनुभयो । मधेशको समग्र विकासका लागि गठबन्धन तत्पर रहेको उहाँको भनाइ छ ।
साभारः ईमेज खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय