काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ । नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले ५ वटा पालिका विजयी भएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिका विजयी भएको छ। अन्य १० स्थानमा स्वतन्त्र तथा अन्य दलहरुले विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये १ सय २९ ठाउँमा कांग्रेस अगाडि छ भने ८३ ठाउँमा एमाले तथा ३३ ठाउँमा माओवादी केन्द्र अगाडि रहेको छ ।

३० ठाउँमा जसपा, १६ ठाउँमा एकिकृत समाजवादी, १० ठाउँमा लोसपा तथा १६ ठाउँमा अन्य उम्मेदवारहरु अगाडि रहेका छन् ।                                                                                ईमेजखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय