काठमाडौं । वैशाख ३० गते विविध कारण स्थगित भएका १५ स्थानको मतदान आज हुने निर्वाचन आयोगले जनाएको छ । बुधबार गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा मतदान हुन लागेको हो । तनहुँको व्यास नगरपालिका–४, हुम्लाको चंखेली नगरपालिका–२, बाराको पचरौता नगरपालिका–२, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा आज मतदान आयोगले जनाएको छ । यस्तै, बुधबार नै रौतहटको देवी गोनाही नगरपालिका–१ र २, गढीमाई नगरपालिका–३ र ६, बौधिमाइ नगरपालिका–१, २, ९ र गरुडा नगरपालिका–७ मा निर्वाचन हुँदैछ । पालिका खबरबाट
