चितवन । चितवनमा गठबन्धनकी उम्मेदवार रेणु दाहालले एमालेको उम्मेदवार विजय सुवेदीसँगको अग्रता बढाएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १६०० मतको अग्रता बनाएकी हुन् । हालसम्म २७ हजार २६ मतगणना हुँदा रेनुले नौ हजार ८०१ मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् । उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनका निकतम् प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय