दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र अध्यक्षले विहिबार सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले अध्यक्ष प्रमुखहरुलाई सपथ ग्रहण गराउनुभएको हो । उपाध्यक्ष/उपप्रमुख सहितका बाँकी जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्ने ब्यवस्था रहेको छ ।
महाकाली नगरपालिकाको प्रमुखमा एमालेका नरसिंह चैसीर, शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेका विजयसिंह धामी, व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्र सिह बडाल, मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । लेकम गाउँपालिका अध्यक्षमा माओबादीका रामदत्त जोशी, मार्मा गाउँपालिका अध्यक्षमा माओबादीका जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्षमा माओबादीका दलजितसिंह धामी र अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसले ४ स्थानीय तहमा जित हात पारेको छ । माओवादी केन्द्र २ र नेकपा एमालेले ३ स्थानिय तह हात पारेको छ ।
६१ वडा रहेको दार्चुलाका ३४ वडामा एमाले विजयी भएको छ । यस्तै १७ वडामा नेपाली कांग्रेश र १० वडामा नेकपा माओबादी केन्द्र विजयी भएको छ ।
