काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये दुई तहको मतगणना नै भएको छैन । बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मगणना नै भएको छैन । त्यसबाहेक १६ पालिकाको मतगणना भइरहेको छ । केहीको आजै परिणाम आउने छ । सात सय ३७ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकाको नेतृत्व गर्ने भएको छ । कांग्रेसले पालिका प्रमुखमा ३२२ सिट जितेको छ । कांग्रेसले अझै ४ पालिकामा अग्रता लिइरहेको छ ।

दोस्रो स्थानको नेकपा एमालेले २०२ पालिका जितेको छ । ३ पालिकामा अग्रता लिएको छ । तेस्रो भएको माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ पालिकामा अग्रता लिएको छ । भरतपुर महानगरपालिकामा केही सय मत गन्न बाँकी छँदै रेणु दाहालको जित निश्चित भइसकेको छ । अन्य (स्वतन्त्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, विवेकशील साझा पार्टी जनता प्रगतिशील पार्टी, नेमकिपा) ले ३० सिट जित्दा १ मा अग्रता कायम गरेको छ ।

नेकपा एकीकृत समाजवादीले १८ सिट जित्दा १ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १६ सिट जितेको छ । उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २९६ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । एमालेले २३२ सिट जित्दा ७ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले १२६ सिट जित्न सफल भएको छ । जनता समाजवादी पार्टी जसपाले ३० सिट जित्दा १ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २३ सिट जितेको छ भने एक सिटमा अगाडि रहेको छ । अन्यले १८ सिट जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १२ सिट जितेको छ । हाम्राकुराबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय