काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो ।

मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उहाँले विदेशीएका नेपालीहरूले सो अधिकार गुमाइरहेका बताउनुभयो । उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले किसानहरूलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।ईमेखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय