दार्चुला । यही जेठ ३० गते सोमबार हुने जिल्ला समन्वय समितिकोे निर्वाचनको सम्पुर्ण तयारी पुराभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दर्चुलाले जनाएको छ । भोली बिहान दस बजे देखि दिउसो २ बजे सम्म हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । मनोनयन दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले बताएका छन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ । जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका महादेव बडू (कश्यप) को उम्मेदवारी परेको छ भने एमालेबाट पुरन सिंह बुढाथोकीको उम्मेदवारी परेको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्नाको उम्मेदवारी परेको छ भने एमालेबाट नारन्ती तोलीगाई (महता) को उम्मेदवारी परेको छ । यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खडक सिंह धामी,पुस्कर सिंह धामी र बल्देव सिंह ठगुन्नाको उम्मेदवारी परेको छ भने एमालेबाट नरेन्द्र सिंह कुवर , भुवन सिंह धामी र रमेश बोहराको उम्मेदवारी परेको छ । यस्तै तीन महिला सदस्यका लागि नेपाली कांग्रेसका सरस्वती सार्की तथा माओवादी केन्द्रका गौरी टमटा र अस्मती टमटाको उम्मेदवारी परेको छ । यस्तै एमालेबाट अम्बीका नेपाली, तुलसी देवी डांगा र पावर्ती देवी धामीको उम्मेदवारी परेको छ । यस्तै एकजना दलित सदस्यका लागि नेपाली काग्रेसबाट कमला सुनार र एमालेबाट पावर्ती पार्कीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक कर्मचारी यन्द्र राज भट्टले बताउनुभयो । नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख सहित ६ मतभार छ भने नेपाली कांग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित ४ मतभार छ । नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख सहित ८ मतभार रहेको छ । यसरी गठबन्धन दलको मतभार १० र नेकपा एमालेको मतभार ८ रहेको छ । जिल्ला समन्वय समितिकोे निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतदान स्थल तोकिएको निर्वाचन सहायक कर्मचारी इन्द्रराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय