दार्चुला। बाम-लोकतान्त्रिक गठबन्धनको सांझा उम्मेदवारको रुपमा जिल्ला समन्वय समिति दार्चुलाको  प्रमुखमा महादेव बडु ( कश्यप) र उप प्रमुखमा अम्मर सिंह ठगुन्ना बिजयी हुनु भएको छ । सोमबार सम्पन्न निर्वाचनमा बाम-लोकतान्त्रिक गठबन्धनको सांझा उम्मेदवारहरु बिजयी भएका हुन्न ।
खुला तीन सदस्यका लागि गठबन्धनबाट खडक सिंह धामी, पुस्कर सिंह धामी र बल्देव सिंह ठगुन्ना बिजयी हुनुभएको छ भने तीन महिला सदस्यका लागि सरस्वती सार्की, गौरी टमटा र अस्मती टमटा विजयी हुनुभएको छ । एकजना दलित सदस्यमा गठबन्धनकै कमला सुनार बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौँ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार थियो । जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह अध्यक्ष र दुई स्थानीय तह उपाध्यक्षसहित ६ मतभार छ भने नेपाली कांग्रेसको चार वटा स्थानीय तह उपाध्यक्षसहित ४ मतभार थियो। नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख सहित ८ मतभार रहेको थियो । यसरी गठबन्धन दलको मतभार १० र नेकपा एमालेको मतभार ८ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय