काठमाडौं । एसपीपीमा सहभागिताका लागि तत्कालीन प्रधानसेनापतिले अमेरिकी राजदूतलाई पठाएको पत्रबारे आफूलाई जानकारी नगराइएको भन्ने तत्कालीन प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा आशंकासहित अध्यक्ष नेपालले कटाक्ष गरेका हुन्। जसको पालमा पठाइएको हो, त्यही प्रधानमन्त्रीलाई जानकारी नभए अरुलाई कसरी थाहा हुन्छ भनेर उनले प्रश्नसमेत गरे। पत्र पठाउँदा वहालवाला प्रधानमन्त्रीले थाहा नपाउने र पछि आएका प्रधानमन्त्रीलाई त्यसबारे जानकारी हुन अन्तर यामी र ज्योतिषी नै हुनुपर्ने नेपालले तर्क गरे।

‘एसपीपीबारे हामीलाई जानकारी थिएन। २७ अक्टोबर २०१५ को चिठ्ठी अचानक बाहिर आयो। त्यो भन्दा पहिला धेरैलाई थाहा थिएन कि ?’ उनले प्रश्न गरे, ‘हुँदा हुँदा हामीले के सुन्यौं भन्दा तत्कालीन प्रधानमन्त्री (ओली) ले मलाई थाहै नदिइकन चिठ्ठी पठाइएछ भन्नुभएछ। कति सत्य होरु कति गलत हो ? ’ पूर्वप्रधानमन्त्री नेपालले थपे, ‘अरुको त कुरा छोड्नुस् जो प्रधानमन्त्री थियो, जसको पालमा गयो उसैले थाहा छैन भनिसकेपछि अरु प्रधानमन्त्रीले कसरी थाहा पाउनेरु कि हामी ज्योतिषी हुनुपर्‍यो कि हामी अन्तरयामी हुनुपर्‍यो। अब हामी अन्तरयामी पनि छैनौं ज्योतिषी पनि छैनौं। त्यसकारण हामीलाई जानकारी थिएन।’

एसपीपीको दस्तावेज बाहिर आएपछि आफूहरुले यसमा प्रश्न उठाएको उनले सुनाए। ‘एसपीपी र अमेरिका भ्रमणबारे सुरुदेखि के के हुन्छ भन्ने बारेमा चासो राखेका हौं। हामी राष्ट्रिय मुद्दामा संवेदनशील छौं। कुनै विदेशी राष्ट्रसँग कुनै पनि अनुचित सम्झौता नहोस् भन्ने कुरामा हामीले सरकारलाई सजग गराउँदै आएका छौं,’ उनले भने। अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय